जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प

१ फाल्गुन २०७७, शनिबार २०:५७ प्रकाशित

जापानमा शनिबार ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।
स्थानीय समयअनुसार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन ।
सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ ।

इपिसेन्टर फुकुसिमा तथा मियागी प्रान्त, कान्तो लगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

१ फाल्गुन २०७७, शनिबार २०:५७  मा प्रकाशित

Write your Comment