नेपालमा कोरोना उकालो लाग्दै/एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

५ बैशाख २०७८, आईतवार १७:१८ प्रकाशित

काठमाडौं ५ बैशाख :
बितेको २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । यस्तै बितेको २४ घण्टामा ४ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसबिचमा २६२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।

५ बैशाख २०७८, आईतवार १७:१८  मा प्रकाशित

Write your Comment