भारतमा एकैदिन ३ हजार ७८० को मृत्यु/३ लाख ८२ हजार भन्दा बढीमा कोरोना संक्रमण

२२ बैशाख २०७८, बुधबार ११:५८ प्रकाशित

भारतमा बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ३ हजार ७८० जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो संख्या एकैदिन कोरोना संक्रमणको कारण सबैभन्दा धेरै मृत्युको तथ्यांक हो । सो अवधिमा भारतमा थप ३ लाख ८२ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड ६ लाख ६५ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख २६ हजार १८८ पुगेको छ ।

२२ बैशाख २०७८, बुधबार ११:५८  मा प्रकाशित

Write your Comment