बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित वडा सदस्य नवीन थापामगरको अस्पतालको शैय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ ।
नेकपा एमालेको वडाध्यक्ष समेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि संक्रमित भएपनि बेड अभावका कारण होमआइसोलेसनमा थिए ।
‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आउनुभएको थियो, हिजो समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू,भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै निधन भएको सोही वडाका युवा नेता बिकासजंग बस्नेतको भनाई छ ।
वडाध्यक्ष कमलप्रताप थापाले समयमै उपचार नपाएका कारण नविनको मृत्यु भएको बताउनुभयो । ‘जनप्रतिनिधिले नै यस्तो अवस्था भोग्नुपरेपछि अरूको अवस्था के होला ? महामारी भयावहले घेरिसक्यो,’ बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीको भनाइ छ ।
स्वर्गीय नविनका श्रीमती र १ छोरी छन् ।