८ हजार ८५० जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

२६ बैशाख २०७८, आईतवार १८:४२ प्रकाशित

काठमाडौं २६ बैशाख :
बितेको २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।
बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि २६ जनाको विभिन्न स्थानमा भएको निधन यसमा समावेश नगरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । २६ जनाको समावेश सँगै निधन हुनेको संख्या ८८ पुगेको छ ।

२६ बैशाख २०७८, आईतवार १८:४२  मा प्रकाशित

Write your Comment