बारामा एकैदिन ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न पालिकाहरु बाट गरिएको नमुना संकलन मध्ये कलैया अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६१ जना र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जना गरी आज एकैदिन ९३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले बताउनुभयो । कलैयामा संक्रमण पुष्टि भएकामध्ये ४२ जना पुरुष र १९ जना महिला रहेका छन् । यो संक्रमणको दर परिक्षणको ६४.८९ प्रतीशत हो । यो परीक्षणले संक्रमण समुदायमा फैलिएर भयाभह हुने अवस्था रहेको प्रमुख यादवको भनाई छ । संक्रमित मध्ये जितपुर सिमराका २० जना रहेकाछन । गत शुक्रबार २७ जना नयाँ र ३ संक्रमितको पुन परीक्षणका लागि ३० जनाको नमुना संकलन गरिएकोमा जीतपुरसिमरा उपमहानगरपालिकाका कोभिड फोकल पर्सन जितन ठाकुर र एक जना पत्रकार सहित २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर १ का १ जना,वडा नं २ का ११ जना वडा नम्बर ४ का २ जना, वडा नम्बर ७ का १जना ,वडा नं १५ का १ जना, वडा नम्वर १८ का २ जना,परवानीपुरका १ जना, दैलेख घरभइ जितपुर सिमरा उपमहानगरपालिकामा कार्यरत २जना रहेका छन् ।