थप ९३०५ जनामा संक्रमण पुष्टि, ४ हजार संक्रमण मुक्त,१६८ जनाको मृत्यु

२९ बैशाख २०७८, बुधबार १७:२१ प्रकाशित

बितेको २४ घण्टामा थप ९३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना संक्रमण मुक्त भएका छन् ।

सबैभन्दा बढी काठमाडौँमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ ।

२९ बैशाख २०७८, बुधबार १७:२१  मा प्रकाशित

Write your Comment