जुम्लाको पातारासीका चार जना सम्पर्कविहीन

४ असार २०७८, शुक्रबार १०:५५ प्रकाशित

जुम्ला ४ आषाढ :

जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कविहीन भएका छन् । पाटनमा गएका पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरु टुङटुङ लेखमा पालमा बसेका र ढुङ्गा खस्दा एक जना घाइते भएको खबर सुनेको त्यसपछि सम्पर्क हुन नसकेको थापाको भनाई छ । स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धारको तयारी गरे पनि मौसमले साथ नदिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

४ असार २०७८, शुक्रबार १०:५५  मा प्रकाशित

Write your Comment