जगदम्वाले भांग्राखोलामा बिषादी युक्त पानी छोडेपछि स्थानीय र जनप्रतिनिधि आक्रोशित

२० असार २०७८, आईतवार ०९:०५ प्रकाशित

बारा २० आषाढ :
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको जगदम्बा स्टिल प्रालिले भांग्रा खोलामा विषादीयुक्त पानी मिसाएपछि स्थानीय र जनप्रतिनिधिले विरोध गरेका छन । यस अघि सिमरामा प्रदुषण गरेको भनेर चर्को विरोध हुँदै आएको उद्योगले सिमसार क्षेत्रमा पर्ने बांग्ला खोलामा विषादीयुक्त पानी छोडेपछि स्थानीयले विरोध जनाएका हुन् ।
मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी प्रदूषण फैलाउँदै आएको उद्योगले खोलामा बिषादी युक्त कालो पानी छोडेर अपराध गरेको सिमराका स्थानीय रबिन्द्र डंगोलले बताउनुभयो । उहांले केहि ब्यक्ती लाई उधोगले खुशी पारेर सिमराका नागरिक माथि दमन गरेको बताउनुभयो । त्यसैगरी जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले उद्योगको ज्यादतीको पराकाष्ठामा पुगेको उल्लेख गर्दै आफूहरुले प्रदुषण र बिषादी युक्त पानीका विरुद्धमा सधै आवाज उठाउँदै आएता पनि तीनै तहका सरकारले नसुनेको र अब जनताले आन्दोलन गर्नुपर्ने अवस्था आएको स्पष्ट पार्नुभयो ।

भिडियो हेर्न यहां क्लिक गर्नुहोस्

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलकबहादुर श्रेष्ठले जगदम्बा लाई पटकपटक प्रदुषण र विषादीयुक्त पानी नछोडन आग्रह गर्दापनि अटेरी गरेर दादागिरी गरेको आरोप लगाउनुभयो । उहाँले यसका विरुद्धमा कानुनी उपचार खोज्नु पर्ने आवश्यकता आएको समेत बताउनुभयो ।

२० असार २०७८, आईतवार ०९:०५  मा प्रकाशित

Write your Comment