बरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा प्रचण्ड, नेपाल र विप्लवबीच कुराकानी

३१ असार २०७८, बिहीबार १२:०५ प्रकाशित

काठमाडौं ३१ आषाढ :
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरू छलफल गरेका छन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार नेता नेपालसहित प्रचण्ड, विप्लव र धर्मेन्द्र बाँस्तोलाबीच कुराकानी भएको छ।

सुरूमा नेपाल र विप्लवबीच कुराकानी भएको थियो। त्यसपछि उक्त छलफलमा प्रचण्ड पनि मिसिएका थिए ।
यसअघि विप्लव र बाँस्तोलाले बुधबार प्रचण्डलाई खुमलटारस्थित निवासमा भेटेका थिए।

३१ असार २०७८, बिहीबार १२:०५  मा प्रकाशित

Write your Comment