पुर्व खेलकुद मन्त्री पौडेलद्वारा टोकियो ओलम्पिकमा सहभागि खेलाडी लाई बधाई तथा शुभकामना ब्यक्त

३१ असार २०७८, बिहीबार २१:११ प्रकाशित

काठमाडौं ३१ आषाढ :
नेपाल खेलकुद महासंघले टोकियो ओलम्पिकमा सहभागीता जनाउनु हुने सवै खेलाडी, प्रशिक्षक, ब्यबस्थापक, र टोलिमा सामेल सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेको छ । महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले आज बिज्ञप्ति प्रकाशित गर्दै गृषमकालीन ओलम्पिक खेलकुद प्रतियोगिता २०२१ जुलाई २३ देखि अगस्त ८ सम्म जापानको राजधानी टोकियोमा संचालन हुन गईरहेको खेलमा सफलताको शुभकामना समेत ब्यक्त गर्नु भएको छ ।
पुर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका अध्यक्ष पौडेलले बिज्ञप्तिमा कोरोना माहामारिका कारण उत्पन्न विशेष परिस्थितिको कारणले निर्धारित समय भन्दा एक वर्ष ढिलो गरी जापानमा विश्व खेलकुद माहामेला सुरू हुदैछ । मित्रराष्ट्र जापानमा हुन गैरहेको टोकियो ओलम्पिक २०२० मा नेपालले विगतको तुलनामा व्यवस्थीत र बिशेष तयारीका साथ सहभागिता जनाउन लागेको अवस्था छ ।
नेपालले यस ओलम्पिकमा खेल-विधा र खेलाडी संख्या समेत तुलनात्मक रूपले वढाऊन सफल भएको छ । नेपालले पौडी, सुटिङ्ग, जुडो, एथलेटिक्स र पारा तेक्वान्दो सहितका खेलहरूमा वाईल्ड कार्ड मार्फत प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । यस ओलम्पिकमा नेपालको झण्डा वोकेर पौडीका गौरिका सिंह, र एलेक्जेण्डर ग्याडिगाड शाह, सुटिङ्गका कल्पना परियार, जुडोका सोनिया भट्ट, र एथ्लेटिक्सका सरस्वति चौधरी जस्ता होनहार र नेपालका उत्कृष्ट तथा आशालाग्दा खेलाडीहरुले प्रतिस्पर्धा गर्नलागेको समेत उल्लेख गर्नु भएको छ ।

बिज्ञप्तिमा ओलम्पिक खेलमा सहभागीता जनाउन पाउनु र पदक जीत्नु संसारका सवै खेलाडीहरुका लागि आफ्नो खेल जीवनको सवैभन्दा ठुलो सपना र गर्वको कुरा हुन्छ । यसपटक हाम्रो देश नेपालले पनि आफुले भाग लिएका खेल विधाहरुमा उत्कृष्ट प्रदर्शन गर्नुको साथै पदक हासील गरेर सिंगो खेलकुद जगत तथा नेपाल र नेपालीको प्रतिष्ठा र गौरब वढाउन सफल हुने विश्वासका साथ शुभकामना दिन चहान्छौ अध्यक्ष पौडेलले उल्लेख गर्नु भएको छ ।

३१ असार २०७८, बिहीबार २१:११  मा प्रकाशित

Write your Comment