प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच बालुवाटारमा भेट,चिनले १६ लाख खोप दिने

१ श्रावण २०७८, शुक्रबार १६:५६ प्रकाशित

काठमाडौं १ श्रावण :
प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत होउ यान्छी बिच बालुवाटारमा भेटवार्ता भएको छ ।
सो अवसरमा राजदूत यान्छीले चीनले कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप दिने बताउनुभएको छ।
उहांले चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने पनि बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि देउवालाई भेट्न भारतीय राजदूत विनयमोहन क्वात्रा र अमेरिकी राजदूत र्‍यान्डी बेरी बुढानिलकण्ठ पुगेका थिए ।

१ श्रावण २०७८, शुक्रबार १६:५६  मा प्रकाशित

Write your Comment