पोर्न फिल्म निर्माणमा संलग्नताको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

५ श्रावण २०७८, मंगलवार ०९:४६ प्रकाशित

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई अश्लिल फिल्म निर्माणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले अश्लिल फिल्महरु बनाएर केही एपहरुमार्फत बेच्ने गरेको प्रहरीले जनाएको छ ।
यसै वर्षको फेबु्रअरीमा मुम्बई क्राइम ब्रान्चमा उजुरी परेको थियो । यथेष्ट प्रमाण जुटाइसकेपछि राजलाई पक्राउ गरिएको मुम्बइ प्रहरी बताउँछ ।

‘यो प्रकरणलाई राज कुन्द्रा मुख्य अभियुक्तका रुपमा देखा परेपछि हामीले उनलाई पक्राउ गरेका हौं । हामीसँग उनीविरुद्ध पर्याप्त प्रमाणहरु छन्,’ मुम्बइ प्रहरी आयुक्त हेमन्त नाग्रालेले एक विज्ञप्ति जारी गरी भनेका छन् ।
कुन्द्राले सोमबारको रात हिरासतमा बिताएका छन् । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै जमानतका लागि आग्रह गरेका छन् ।

समाचार अनुसार गत साता नौ व्यक्तिहरुमाथि कलाकारहरुलाई पोर्न फिल्मका लागि नग्न दृष्यहरु सुट गर्न दवाव दिएको भन्दै दुईवटा एफआइआर दायर भएका थिए । यी फिल्महरु विभिन्न मोइबाइ एप्लिकेसनमार्फत सशुल्क बेच्ने गरिएको दावी एपआइआरमा गरिएको छ ।
मोडल पुनम पाण्डेले पनि राज कुन्द्रा र उनका सहयोगीहरुमािथ बम्बे उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । कुन्द्रासँग आफ्नो सम्झौताको म्याद सकिए पनि कुन्द्राले आफ्ना तस्वीर भिडियोहरु गैरकानूनीरुपमा प्रयोग गरिरहेको उनको आरोप छ ।

५ श्रावण २०७८, मंगलवार ०९:४६  मा प्रकाशित

Write your Comment