नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा,कसले कमाए,कसले गुमाए

१९ श्रावण २०७८, मंगलवार २१:४३ प्रकाशित

सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो ।

कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो ।

तीव्र उचारढवाका बिच नेप्से परिसूचक २ बजेर २२ मिनेटसम्म ३ हजार १ सय ६ दशमलव ९६ अंकमा पुगेको छ । नेप्सेमा कारोबार हुने अधिकांश समूहगत सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन् ।

कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर ३ हजार १ सय ११ दशमलव ०९ अंकमा पुगेको छ । कारोबार रकम साढे ११ अर्ब रुपैयाँ माथि पुगेको छ । २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा पाँचथर पावर कम्पनी, रु रु जलविदुत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो लिमिटेड, लिवर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तिय संस्था रहेका छन् ।

त्यस्तै, आज युनिलिभर नेपालको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ४६ करोड भन्दा बढीको कारोबार भएको छ ।

१९ श्रावण २०७८, मंगलवार २१:४३  मा प्रकाशित

Write your Comment