७६ अंकले घट्यो सेयर बजार,२ कम्पनी बाहेक सबै समूह राताम्मे

३१ भाद्र २०७८, बिहीबार १५:४३ प्रकाशित

साता कारोबारको अन्तिम दिन आज बिहीबार सेयर बजारको परिसूचक नेप्से ७६ अंकले घटेको छ ।
७६.६५ अंकले घटेसँगै नेप्से परिसूचक २८१२ अंकमा कायम भएको छ। दिनभर उतारचढाव हुँदा परिसूचक न्यूनतम २७९५ सम्म झरेको थियो। पौने २ बजेपछि बजार केही सम्हालिएको हो।

बैंकहरुको निक्षेप तथा कर्जामा असोज १ देखि लागू हुनेगरी ब्याजदर बढाएसँगै सेयर बजारमा ठूलो असर देखिएको छ ।

यस दिन कारोबार रकम भने केही बढेको छ। हिजो ५ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ९ अर्ब ३ करोड पुगेको छ।
आजको दिन सबै समूहहरु घटेका छन्। बैंकिङ ४१, ब्यापार ११०, होटल तथा पर्यटन १२५, विकास बैंक १९७, जलविद्युत १३७, फाइनान्स १३९, निर्जीवन बीमा ३८३, उत्पादन १३७, अन्य ३१, माइक्रोफाइनान्स १७१, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटे।
आज्को दिन २ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ।

मनकामना स्मार्ट लघुवित्तको मूल्य भने १० प्रतिशतले बढेको छ। सो मूल्यवृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ कायम भएको छ। सोबाहेक अरु बढ्ने कम्पनीको मूल्य वृद्धिदर २ प्रतिशतमुनि नै रह्यो।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८.१ प्रतिशतले घटेको छ। श्रीइन्भेष्टमेन्ट फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ।
त्यसैगरी आइसिएफसी फाइनान्सको मूल्य ७ प्रतिशतले घटेको छ। लिबर्टी इनर्जीको मूल्य ६.७ तथा चन्द्रागिरि हिल्सको मूल्य ६.५ प्रतिशतले घटेको छ।

त्यसैगरी कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३८ करोडको सेयर किनबेच हुँदा रिडी हाइड्रोपावरको २८ करोडको किनबेच भयो। अपि पावरको २५ करोडको किनबेच भएकोछ ।

३१ भाद्र २०७८, बिहीबार १५:४३  मा प्रकाशित

Write your Comment