१ सय १४ अंकले घट्यो नेप्से,४० करोडको कारोबार

४ आश्विन २०७८, सोमबार १७:१५ प्रकाशित

काठमाडौ ४ आश्विन :
साताको कारोबारको पहिलो दिन आज सोमबार सेयरबजारमा पहिरो गएको छ।
सूचक ११४.०२ अंकले घटेसँगै नेप्से २६९८.२४ विन्दुमा रोकिएको छ।
आइतबार संविधान दिवसको सार्वजनिक विदापछि सोमबार खुलेको बजारमा क वर्गका कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि १९.५१ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

३१ सय विन्दुसम्म पुगेको सेयरबजार मौद्रिक नीति सार्वजनिक भएसँगै निरन्तर घटिरहेको छ। सेयर धितो कर्जामा राष्ट्र बैंकले लगाम लगाएपछि बजार ओरालो लाग्ने क्रम जारि छ ।
योसँगै ४१ खर्ब नाघिसकेको बजार पुँजीकरण समेत ३७ खर्बमा आइपुगेको छ। बजारमा तरलता १३ खर्बको छ।

आजको कारोबारमा २ सय २५ कम्पनी सहभागी भए। ती कम्पनीको एक करोड ७३ लाख कित्ता सेयर बिक्री भए संगै आठ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँको कारोबार भएको हो।
आज मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले मात्रै १० प्रतिशत कमाएका छन्।

आजको कारोबारमा धेरै कम्पनीका लगानीकर्ताले गुमाएका छन्। आज ४० करोडसम्म अधिकतम कारोबार भएको छ ।

४ आश्विन २०७८, सोमबार १७:१५  मा प्रकाशित

Write your Comment