बैंकिङ समूहको कारोबार उच्च भए संगै बढ्यो सेयर बजार

७ आश्विन २०७८, बिहीबार १५:५८ प्रकाशित

आज साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकमसँगै परिसूचक सामान्य बढेको छ। यस दिन अघिल्लो दिनको तुलनामा डेढ अर्बभन्दा बडिले कारोबार रकम बढेको छ।
हिजो ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ७ अर्ब ७२ करोडको कारोबार भएको छ । नेप्से परिसूचक भने जम्मा २.७ अंकले मात्रै बढेको छ। यसअघि हिजो १०४ अंकले बजार बढेको थियो भने सो अंकको वृद्धिपछि परिसूचक २८१९ अंकमा अडिएको छ।

परिसूचकमा सामान्य अंक बढे पनि बैंकिङ समूहले भने दोहोरो अंकको छलाङ मारेको छ। सो समूह ४७ अंक बढेको छ। सोबाहेक फाइनान्स समूह ८ अंकले बढ्यो।
ब्यापार ४५, होटल तथा पर्यटन ९७, विकास बैंक ८०, जलविद्युत ७१, निर्जीवन बीमा ९२, उत्पादन ८०, अन्य २१, माइक्रोफाइनान्स ४६, जीवन बीमा ५१ र लगानी समूह २ अंकले घटेको छ ।

मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। सो मूल्यवृद्धिपछि कम्पनीको मूल्य १३१७ रुपैयाँ कायम भएको छ।
प्राइम लाइफ इन्स्योरेन्सको मूल्य ६ प्रतिशतले बढेको छ। बैंकमा नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशतले बढेको छ। नेपाल बंगलादेश बैंकको ५.३ प्रतिशतले मूल्य बढ्यो।
आज गुमाउनेमा हिमालयन पावर पार्टरका लगानीकर्ता अगाडि रहेका छ्न । सो कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ ।

युनियन हाइड्रोपावरको मूल्य पनि ५ प्रतिशतले घटेको छ । कारोबारका आधारमा सानिमा बैंक अग्रस्थानमा रहेको छ । सो कम्पनीको ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बैंकको भने २७ करोडको कारोबार भएको छ ।

७ आश्विन २०७८, बिहीबार १५:५८  मा प्रकाशित

Write your Comment