नेप्सेमा ६१ अङ्कको पहिरो

१० आश्विन २०७८, आईतवार १६:०८ प्रकाशित

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ६१ अङ्क बडिले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा झरेको हो । गत हप्ताको बिहीबार नेप्से परिसूचक २ अङ्कले बढेर २८ सय १९ विन्दुमा अड्किएको थियो ।
नेप्सेका अनुसार आ आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.७० अङ्कले घटेर ५१९.३६ विन्दुमा झरेको छ । यस दिन सबैजसो समूहहरू ऋणात्मक हुँदा एउटै मात्र म्युचुअल फण्ड ग्रीन जोनमा परेको छ । आज म्युचुअल फण्ड समूहको उप–सूचक ०.२१ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी फाइनान्स समूहले ५.८९ प्रतिशतले गुमाएको छ ।
आज कुल २३३ कम्पनीको एक करोड ४४ लाख कित्ता माथिको सेयर ७३ हजार ६९३ पटक किनबेच भएको बजारमा आज ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ ।

१० आश्विन २०७८, आईतवार १६:०८  मा प्रकाशित

Write your Comment