बितेको २४ घन्टामा ११५७ संक्रमित,१११३संक्रमण मुक्त

१३ आश्विन २०७८, बुधबार १९:३६ प्रकाशित

नेपालमा बितेको २४ घन्टामा थप १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार १५७ जना संक्रमित थपिएका हुन्।

बितेको २४ घण्टामा १४ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
१० हजार ६ सय ५२ जनाको पिसिआर परीक्षण र ३ हजार आठ सय ८९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल १८ हजार १९३ जना सक्रिय संक्रमित छन्। यस्तै बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ।

एक हजार १ सय १३ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१३ आश्विन २०७८, बुधबार १९:३६  मा प्रकाशित

Write your Comment