कारोबार रकम ३ अर्बमै खुम्चिए सगै ३२ अंकले झर्‍यो सेयरबजार

१४ आश्विन २०७८, बिहीबार १५:५६ प्रकाशित

सेयरबजारमा फेरि बिहिवार पनि गिरावट आएको छ। लगातार तेस्रो दिनसम्म गिरावट आएको सेयरबजार बुधबार भने बढेको थियो। पुनः साताको अन्तिम कारोबार दिन आज ३२.५१ अंकको गिरावट आएको हो।
बिहीबार क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ६.४१ अंकले झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आजको कारोबारमा २२५ कम्पनी सामेल भए। कम्पनीहरुको ७३ लाख २१ हजार कित्ता बिक्री भएको नेप्सेले जनाएको छ।
जम्मा ४९ हजार ८३५ पटकको खरिदबिक्रीपछि ३ अर्ब ७० करोडको मात्रै कारोबार भएको हो।
बिहिवार म्युचुअल फन्ड, अन्य र व्यापार समूहको उपसूचक हरियो भए पनि बाँकी उपसूचक राताम्य भए। आज तीनवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाए। अरुले उल्लेख्य आम्दानी गर्न सकेनन्।

लगानीकर्ताले आज ६.८६ प्रतिशतसम्म गुमाएका छन्। आज अधिकतम कारोबार समेत १२ अर्बमा खुम्चिन पुगेको नेप्सेले जनाएको छ।

१४ आश्विन २०७८, बिहीबार १५:५६  मा प्रकाशित

Write your Comment