एमालेमा वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष र तीन उपमहासचिव राख्न टोलि नेताको सुझाव

१६ आश्विन २०७८, शनिबार २०:५७ प्रकाशित

नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन तीनवटा केन्द्रीय निकायले प्रतिवेदन प्रस्तुत गरेका छन् । यस्तै हिजो प्रस्तुत गरिएका प्रतिवेदनमाथि छलफल र सुझावका लागि गठित १० वटा समूह मध्ये ५ वटा समूहका नेताहरुले पनि आफ्नो समुहको निष्कर्ष प्रस्तुति गरेका छन ।
हिजो पार्टीका अध्यक्ष केपी शर्मा अ‍ोलीले राजनीतिक प्रतिवेदन,महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संसोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। दस्तावेज उपर कर्णाली प्रदेश कमिटीका तर्फबाट सुझाव राख्दै अध्यक्ष गोरखबहादुर बोगटीले विधानमा वरिष्ठ उपाध्यक्ष पद थप्नुपर्ने र पोलिटब्यूरो कायमै गर्नुपर्ने बताउनु भएको प्रचार बिभाग प्रमुख योगस भट्टराईद्वारा जारिगरीको बिज्ञप्तिमा जनाइएको छ ।

केन्द्रीय निकाय तथा विभागका तर्फबाट सुझाव राख्दै पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले प्रदेश कमिटी १५१ सदस्यमा बनाउनु पर्ने र सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो ।
बिज्ञप्तिमा लुम्बिनीप्रदेशका तर्फबाट अध्यक्ष लिला गिरीले केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, दुई उपमहासचिव र सात सचिव राख्न सुझाव प्रस्तुत दिनुभयो । यस्तै, सुदुरपश्चिम प्रदेशबाट अध्यक्ष कर्णबहादुर थापाले ७ उपाध्यक्ष,३ उपमहासचिव र ७ सचिवको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। उहाको पोलिटब्यूरो कायमै राख्नुभयो भनिएको छ ।

बाग्मती प्रदेशका तर्फबाट अध्यक्ष आनन्द पोखरेलले एमसीसीको विषयमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने सुझाव दिनु भयो । यस्तै सरकारले कालोधनलाई वैधानिकता दिने नियतले ल्याएकोले विधयेकको पार्टीले सशक्त विरोधमा गर्नुपर्नेमा उहाको जोड थियो । पोखरेलले केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष,सात उपाध्यक्ष,दुई उपमहासचिव र सात सचिवको व्यवस्थाका साथै कमिटीहरुलाई समावेशी बनाउन सुझाव दिएका थिए ।

प्रचार विभाग प्रमुखभट्टराईका अनुसार बाँकी रहेका ५ समूहका तर्फबाट भोली सुझाव राखिनेछ । महाधिवेसनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्ने कार्यक्रम छ ।

१६ आश्विन २०७८, शनिबार २०:५७  मा प्रकाशित

Write your Comment