सूचक घटेसगै सेयरबजार साढे ३ अर्बको कारोबारमा झर्यो

१८ आश्विन २०७८, सोमबार १५:४७ प्रकाशित

सेयरबजारमा साताको दोस्रो कारोबारको दिन पनि गिरावट आएको छ।आइतबार ५५.९३ अंकले घटेको नेप्से सूचक सोमबार ६.६८ अंकले झरेको हो।
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १.२८ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

नेप्सेका अनुसार आजको कारोबारमा २२७ कम्पनी सामेल भएका छन्। तिनीहरुको ७६ लाख ५३ हजार बढी कित्ता सेयर बिक्री भएको छ।
दिनभरिमा ४८ हजार २ सय ३६ पटकको किनबेचपछि कारोबार रकम ३ अर्ब ६२ करोड पुगेको नेप्सेले जनाएको छ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा कम हो। आइतबार ४ अर्ब बढीको कारोबार भएको थियो।

सोमबार जीवन बीमा, माइक्रोफाइनान्स, अन्य र होटल तथा पर्यटन उपसमूहका सूचकमात्रै हरियो रहे।

आज पाँचवटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत वा सोही हाराहारीमा आम्दानी गरेका छन्। लगानीकर्ताले आज ९.३८ प्रतिशतसम्म गुमाएका छन्।

आज १२ करोडसम्म मात्रै अधिकतम कारोबार भएको नेप्सेले जनाएको छ।

१८ आश्विन २०७८, सोमबार १५:४७  मा प्रकाशित

Write your Comment