नेप्से परिसूचकमा सुधार , दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

२० आश्विन २०७८, बुधबार १५:२१ प्रकाशित

साताको अन्तिम कारोबारको दिन आज बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो ।

चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार बन्द रहने छ ।
साताका शुरुवाती दुई दिन लगातार घटेको बजार साताको अन्तिम दुई दिन लगातार बढ्दा लगानीकर्ताहरुमा हौसला बढेको छ । मंगलबारको तुलनामा शेयर कारोबार रकम समेत बुधबार सुधार भएको छ ।

नेप्से परिसूचक बढ्दा एक दर्जन हाराहारी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार सकारात्मक सर्किट लाग्ने कम्पनीमा किसान लघुवित्त वित्तीय संस्था, प्रोगेसिभ फाइनान्स, नयाँ सारथी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

२० आश्विन २०७८, बुधबार १५:२१  मा प्रकाशित

Write your Comment