नेपालमा बितेको २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय १८ पीसीआर परीक्षण गर्दा ३९८ जना र २ हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने संक्रमण बाट ८ जनाको मृत्यु भएको र ८०४ जना संक्रमण मुक्त भएका छन् ।
आज थपिएका सन्क्रमित सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार २७६ पुगेको छ । त्यसैगरी नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ भने ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ जना रहेका छन् । जसमध्ये १२ हजार ७९१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१० जना आईसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् । त्यसैगरी २३० जना क्वारेन्टिनमा रहेका छन् ।