भारतको उत्तराखण्डमा बर्षा र बाढिमा परी ४७ जनाको मृत्यु

३ कार्तिक २०७८, बुधबार १२:१४ प्रकाशित

भारतको उत्तराखण्डस्थित कुमाउ क्षेत्रमा मंगलबार भारी वर्षाको कारण बाटाअएको बाडिमा परी ४२ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यससँगै उत्तराखण्डमा वर्षासँग सम्बन्धित घटनामा परी मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

प्रहरीका अनुसार खराब मौसमको कारण नैनिताल र अन्य जिल्ला र क्षेत्र टुटेको सम्पर्क पुनः जोडिएको छ। यससँगै नैनीतालमा रोकिएका पर्यटक पनि आफ्नो गन्तव्य तर्फ लागेका छन्।
भारतीय समाचार सन्स्था सग कुरा गर्दै भारतीय प्रहरीका डीआईजी निलेश आनन्द भरनेले कुमाऊ क्षेत्रमा मात्र मृत्यु हुनेको संख्या ४० नाघेको बताएका छन्। उनका अनुसार नैनीताल जिल्लामा २८, अल्मोडा र चम्पावतमा ६/६ जना तथा पिथौरागढ र उधमसिंह नगर जिल्लामा एक/एक जनाको मृत्यु भएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले वर्षाले प्रभावित क्षेत्रको हवाई अवलोकन गरेका छन् र प्रभावितसँग कुराकानी पनि गरेका छन्। उनले मानिसहरुलाई धैर्यधारण गर्न आग्रह गर्दै वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको परिवारलाई चार/चार लाख राहत दिने घोषणा गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मुख्यमन्त्री धामीसँग फोनवार्ताको क्रममा सक्दो सहयोगको आश्वासन दिएका छन्।

३ कार्तिक २०७८, बुधबार १२:१४  मा प्रकाशित

Write your Comment