प्रधानन्यायाधीश जबराविरुद्ध रहेका न्यायाधीशहरुको बैठक सकियो

८ कार्तिक २०७८, सोमबार १४:५६ प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध मोर्चाबन्दीमा रहेका न्यायाधीशहरुको बैठक केहिबेर अघि सकिएको छ।

न्यायाधीश मीरा खड्काको च्याम्बरमा तीन घण्टा भन्दा धेरै लामो छलफलपछि न्यायाधीशहरु उठेका हुन्।
सर्वोच्च अदालतको बेन्चसमेत अघोषित रुपमा बहिष्कार गरेका उनीहरुले गरेको छलफलबारे विस्तृत विवरण आएको छैन।

उनीहरुले आइतवार ‘फूल कोर्ट’ बहिष्कार गर्ने घोषणा गरे पनि मुद्दाको सुनुवाइ गर्ने बताएका थिए। तर उनीहरु कोही पनि मुद्दाको सुनुवाइमा सहभागी भएनन्।

सोमबार तोकिएका सातवटा इजलासमा अहिलेसम्म कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन। न्यायाधीशहरु आफ्नो च्याम्बरमा गए पनि कोही पनि इजालसमा सहभागी भएका छैनन्।

सोमबार दिउँसो साढे १ बजे बस्ने भनिएको ‘फूल कोर्ट’ समेत बहिष्कार गरेका न्यायाधीशहरूको अलग्गै बैठकले प्रधानन्यायाधीशविरुद्ध अझै कडा कदम चाल्ने तयारी गरेका छन्।

यसैबीच सर्वोच्च अदालत बार एसोसियशन र नेपाल बार एसोशियसनको बैठक अहिले बसिरहेको छ

दुवै बारको नेतृत्वलाई प्रधानन्यायाधीश जबराविरुद्ध कडा कदम चाल्ने गरी निर्णय लिन वकिलहरुले दबाब बढाएका छन्।

८ कार्तिक २०७८, सोमबार १४:५६  मा प्रकाशित

Write your Comment