यश साताको शेयर बजार उच्च

११ कार्तिक २०७८, बिहीबार १५:५६ प्रकाशित

काठमाडौं११ कात्तिक :
लगातार पाँचौ दिन बढ्दै गएको शेयर बजारले साताको अन्तिम कारोबारको दिन आज पनि सुधारको संकेत देखाएको छ । आज पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

नेप्सेको यो बृद्धि साताभर निरन्तरको पाँचौ दिन हो । आज १३.०३ अंकले बढेर नेप्से परिसूचक २७ सय ८२.१७ को बिन्दिुमा उक्लिदा कारोबार रकम भने ५ अर्ब ३९ करोड ५२ लाख खुम्चिएको छ । बिहीबार २२२ कम्पनीको ५२ लाख ३६ हजार ६१३ कित्ता सेयर दोस्रो बजारमा ५९ हजार १४० पटक खरिद बिक्री भएको थियो ।
आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको शेयर मूल्य घट्न पुग्यो भने तिन कम्पनीको शेयर मूल्य स्थिर रह्यो । आज रिडी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरका लगानीकर्ताले बजारबाट अधिक मात्रामा कमाए ।

यस्तै एनएमबि हाइब्रीड फण्ड एक र गुराँस लाईफ इनस्योरेन्स र सिटिजन्स म्युचुअल फण्ड दुईका लागानीकर्ताले दोस्रो बजारमा धेरै गुमाए । आज कारोबारमा आएका १३ उपसमूह मध्ये ७ उपसमूहमा हरियाली छाएको थियो भने ६ उपसमूह ओरोलो लागेकोथियो । बिहीबार माइक्रोफाइनान्स र जलबिद्युत उपसमूहमा उच्च बृद्धि देखिएको थियो ।

११ कार्तिक २०७८, बिहीबार १५:५६  मा प्रकाशित

Write your Comment