तिहारको बिदा अघिल्लो दिन आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ५ दशमलव २२ अंकले बढेर २ हजार ८ सय ४८ दशमलव ८४ अंकमा पुगेको हो ।
नेप्से परिसूचक बढ्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेको छ । कारोबार रकम पनि औसत नै देखिएको छ । दिनभर भएक ६१ हजार ७४५ कारोबारबाट बुधबार २२९ कम्पनीका ९९ लाख ९५ हजार ५ सय २२ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १ सय ५२ रुपैयाँमा रोकिएको छ ।
बुधबार धेरै शेयर मूल्य बढ्ने पहिलो नम्बरमा महालक्ष्मी विकास बैंक देखिएको छ । महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर ८०३ रुपैयाँ पुगेको छ । यसैगरी दोस्रोमा साहज उर्जा र तेस्रोमा आईसीएफसी फाइनान्स कम्पनी देखिएको छ । दुवै कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)