नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि छनोट भएका छन्। एमाले केन्द्रिय कार्यालय सचिब शेरबहादुर तामाङले अधिकांश जिल्ला, विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिनुभयो ।
उहाले सहमति हुन नसकेका जिल्ला कमिटीमा निर्वाचनबाट प्रतिनिधि चयन गरिएको बताउनु भयो। चितवन,मकवानपुर,गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वीरुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्यूठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा,खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाञ्चोक, पेशागत विशेष जिल्ला कमिटी,बिद्यार्थी,खेलकुदमहासङ, मजदूर विशेष जिल्ला कमिटीलगायत जिल्लाबाट निर्विरोध प्रतिनिधि निर्वाचित भएका उहाले जानकारी दिनु भयो ।
यस्तै गुल्मी, म्याग्दी, दोलखा, हुम्ला, सल्यान, रोल्पा, गण्डकी प्रदेश कमिटी, प्रेस चौतारी नेपाल, प्रोग्रेसिभ इञ्जिनीयरिङ एसोसिएन नेपाल (पिन), उद्योग व्यवसायी विशेष जिल्ला कमिटीमा समेत प्रतिनिधि चयन भएका छन्।
एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला सचित ३ जना,जिल्ला बाट एक दलित प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ। एमालेले शनिबार चयन गरिएका प्रतिनिधिको विवरण यहि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ। एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्ने भएको छ।
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ। विधान महाधिवेशन सकाएको एमालेले अवको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ। पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५÷१५ जना निर्वाचित हुने छन्।
बाराको क्षेत्र नम्बर १ र २ मा हिजो प्रतिनिधि छनोट गरिएको छ भने ३ र ४ मा आज छनौट गरिँदैछ आकांक्षी धेरै भएपछि छलफलका लागि आजलाई सारिएको छ । क्षेत्र नम्बर ४ मा ३३ जनाले उम्मेदवारी दिएका छन् । उमेदवारी दर्ता गराउनेमा नेकपा एमाले बाराका जिल्ला अध्यक्ष देबनारायण चौधरी,कमला घिमिरे ताराबहादुर कार्की,धर्म देब यादव,बच्चा गिरी,सोचन यादव, सरस्वती देवी चौधरी,मोबिन आलम,जयप्रकाश यादव,महमद रफिक, सुगन्धित देवी,उमेस गुप्ता, ध्रुवप्रसाद राहुत अहिर,अमर यादव,कोपिला सिम्खडा,रामपाल यादब,ज्योतिका देबि यादव,उमेस कुसवाहा, सुरज प्रसाद यादव,रेनुका पराजुली,बिनोद प्रसाद जयसवाल,बिरेन्द्र गिरि,शारदा देवी यादव,महमद नजिर हुसेन,असलम देवान,अशेस्वर गुप्ता,भुदेब चौधरी,भरत भुर्तेल,राधाकृष्ण चौधरी रहेका छन् । उम्मेदवारहरुकाे बिचमा सहमतिको प्रयास भैरहेको छ ।
एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ।