सलमान खानलाई सर्पले टोक्यो

११ पुष २०७८, आईतवार १६:३५ प्रकाशित

वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ ।
आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेपछि अस्पताल लगिएको थियो ।

टोक्ने सर्प बिसालु न भएको जनाइएको छ । उपचारपछि उनलाइ आइतबार विहानै डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् ।
सलमानको फार्म हाउस ठूलो हुनुका साथै बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् ।

उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन हो ।

११ पुष २०७८, आईतवार १६:३५  मा प्रकाशित

Write your Comment