प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन

२३ माघ २०७८, आईतवार ११:०४ प्रकाशित

प्रसिद्ध बलिउड गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आज मुम्बईस्थित अस्पतालमा निधन भएको छ । गत महिना कोभिड संक्रमणपछि मुम्बईस्थित अस्पतालमा भर्ना गरिएकी उनलाई निमोनिया पुष्टि भएको थियो ।
शनिबारदेखि उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्दै आएका थिए । जनवरी ८ मा उनलाई उक्त अस्पतालमा भर्ना गरिएको थियो । गतसाता स्वास्थ्यमा सुधार आए पनि शनिबारदेखि भने श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो ।

लतालाई बलिउडमा सदावहार गायिका मानिन्छ । उनले हजारौं हिन्दी भाषीसहित भारतका ३६ जातीय भाषामा समेत गीत गाएकी छिन् । सन् १९८९ मा उनलाई दादा साहेब फाल्खे अवार्डबाट सम्मानित गरिएको थियो ।

२३ माघ २०७८, आईतवार ११:०४  मा प्रकाशित

Write your Comment