शेयर बजार : ११२ कम्पनीको मूल्य घट्यो, ६८ कम्पनीको मूल्य वृद्धि

५ फाल्गुन २०७८, बिहीबार १६:१३ प्रकाशित

बिहीबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक १.९४ अंकले घटेर २,७३२.५१ पुगेको हो।

दिनभरमा जम्मा २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ सेयर किनबेच हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ ६ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनी मध्ये ११२ कम्पनीको मूल्य घटेको छ भने ६८ कम्पनीको मूल्य बढेको छ। बाँकी ११ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ। बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ। ट्रेडिङ, हाइड‍्रोपावर, म्यानुफ्याचर एन्ड प्रोडक्सन, अन्य र म्युच्अल फन्डको सूचक सकारात्मक देखिएको हो।
बिहीबार तेह्रथुम पावर कम्पनीको सेयर ६.४७ प्रतिशत र युनाइटेड आइडिबी मार्दी आरबी हाइड्रोपावरको ६.३२ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर ५ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २२ करोड ३७ लाख ३६ हजार १९७ रुपैयाँ ४० पैसाको कारोबार भएको हो। यसपछि हिमालयन डिस्टिलरी लिमिटेडको १२ करोड २० लाख १४ हजार २४५ रुपैयाँ ३० पैसा, एनटिसीको १० करोड २ लाख ७५ हजार ७६२ रुपैयाँ ७० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलपमेन्टको ८ करोड ६ हजार २१० रुपैयाँ ८० पैसा र नेसनल हाइड्रोपावर कम्पनीको ७ करोड ४८ लाख ८३ हजार ५१० रुपैयाँ ९० पैसाको कारोबार भएको छ।

५ फाल्गुन २०७८, बिहीबार १६:१३  मा प्रकाशित

Write your Comment