एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन

७ फाल्गुन २०७८, शनिबार २०:०५ प्रकाशित

नेकपा एमाले सर्लाही जिल्लाको आठौं अधिवेशनले राजनारायण साहलाई पुनः अध्यक्षमा चयन गरेको छ । अधिबेशनको शनिबार पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै पोखरेलले मधेसमा एमालेको पक्षमा जनलहर सृजना भएको बताउनु भयो । कार्यक्रममा केन्द्रिय सचिब तथा मधेस प्रदेसका इन्चार्ज रघुबिर महासेठ,सह इन्चार्जहरु पुरुषोत्तम पौडेल,सुमन प्याकुरेल लगायतले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनले उपाध्यक्षमा विदुर प्याकुरेल, सचिवमा केदार खत्री र उपसचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मालाई चयन गरेको एमालेले जनाएको छ ।                     

७ फाल्गुन २०७८, शनिबार २०:०५  मा प्रकाशित

Write your Comment