सिम्रौनगढ् नगरका २ जना पुर्ब गाबिस अध्यक्ष एमालेमा फर्किए

१३ फाल्गुन २०७८, शुक्रबार २२:२९ प्रकाशित

बारा १३ फागुन :
नेकपा एमाले सिम्रौनगढ नगर कमिटीको शपथ ग्रहण आज सम्पन्न भएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्ब मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोलिटब्युरो सदस्यहरु अच्युत मैनाली,ज्वाला कुमारी साह,प्रदेश कमिटी सदस्य ढुण्डिराज उप्रेती,केबल चौधरी,ताराचन्द शाह लगायत नवनिर्वाचित कमिटीलाई बधाई दिनुभएको थियो । नगर अध्यक्ष महेन्द्र जैसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमृतगन्ज गाबिसका पूर्व अध्यक्ष तथा २०७४ सालमा एमालेको तर्फबाट सिम्रौनगढ नगर प्रमुखका उम्मेदवार बनेर नेकपा एसमा लाग्नु भएका गगनदेव प्र. कुश्वाहा, पूर्व गाविस अध्यक्ष शंकर सिंह कुर्मी, नेकाका पूर्व जिल्ला सदस्य नागेन्द्र महतो सहित आधा दर्जन भन्दा वढि एमालेमा फर्कनु भएको छ ।                             
शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब मन्त्री पौडेलले अबको निर्वाचनमा एमालेले बाराजिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा बिजय हुने दाबी गर्नुभयो ।       

१३ फाल्गुन २०७८, शुक्रबार २२:२९  मा प्रकाशित

Write your Comment