भीषण लडाइँबीच रूस-युक्रेन शान्ति वार्ता

१६ फाल्गुन २०७८, सोमबार १९:१३ प्रकाशित

युक्रेनमाथि रूसी सेनाको आक्रमणको पाँचौँ दिन दुई देशका प्रतिनिधिमण्डलबीच बेलारुसमा शान्ति वार्ता भइरहेको छ।
यो शान्ति वार्ता युक्रेन र बेलारूसको सीमामा जारी छ। यसको उद्धेश्य अहिले जारी युद्ध समाप्त गर्नु हो।
युक्रेनका राष्ट्रपति कार्यालयले भने तुरुन्त युद्धविराम लागु गरेर रूसी सेनालाई देशबाट निकाल्नुपर्ने अडान लिएको छ।

युक्रेनका प्रतिनिधिमण्डल हेलिकोप्टर चढेर वार्ताका लागि त्यहाँ पुगेका हुन्।
उता रुसका मध्यस्थकर्ता भ्लादिमिर मिदियन्स्कीले भने दुवै पक्षको हितमा हुने गरी सहमति गर्नुपर्ने बताएका छन्।

यस वार्ताको सुरुवातअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका जवानलाई तत्कालै हतियार बिसाउन भनेका थिए। उनले युरोपेली संघबाट तुरुन्त युक्रेनलाई सदस्यता दिन पनि माग गरेका थिए।

यसैबीच शान्ति वार्ताको तस्वीर पनि बाहिर आएको छ। जसमा रुसी र युक्रेनी अधिकारी संघर्षलाई लिएर कुरा गरिरहेका छन्।

१६ फाल्गुन २०७८, सोमबार १९:१३  मा प्रकाशित

Write your Comment