सिमरा खानेपानीमा उपाध्यक्ष बाहेक एमाले समर्थित हुसेनको प्यानल बिजयी,गठबन्धनलाई धक्का

२२ फाल्गुन २०७८, आईतवार २२:५८ प्रकाशित

बारा २२ फागुन :
सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा पाँचदलीय गठबन्धनको सर्मथन प्राप्त प्यालनलाई नेकपा एमालेको प्यानलले हराएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एस)को समर्थन प्राप्त गठबन्धनलाई परास्त गर्दै नेकपा एमालेको सर्मथन प्राप्त कासिम हुसेनको प्यानल आगामी चार वर्षकालागि निर्वाचित भएको हो ।

गठबन्धनको नेतृत्व गर्नुभएका राजकुमार भट्टराईलाई कासिम हुसेनले २१४ मतको अन्तरले पराजित गर्नुभएको हो । हुसेनले १३३३ मत प्राप्त गर्नु भएको थियो भने भट्टराईले १११९ मत प्राप्त गर्नु भएको थियो । यस अघि तीन पटक समितिको कुशल नेतृत्व गर्नुभएका मियालाई चुनाव प्रचारको क्रममा गठबन्धनको प्यानलले अपारदर्शी, मनपरीतन्त्र गरेको आरोप लगाएका थिए । निर्वाचनमा २५६८ जनाले मतदान गरेर चौथो पटक पनि कासिम मियालाई अध्यक्षमा निर्वाचित गरेर बिपक्षीको आरोपलाई खारेज गरिदिएका छन ।
अध्यक्ष सहित ११ जना रहेको कार्यसमितिमा भट्टराईको प्यानलबाट एक जना मात्र उपाध्यक्ष पदका प्रत्यासी पूर्णचन्द्र तिमिल्सीना निर्वाचित भएका छन भने हुसेन नेतृत्वको प्यानलको सचिव जयकिशोर राउत, सहसचिव सानुबाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल निर्वाचित भएका हुन ।
फाल्गुन १३ गते निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएका थिए । खानेपानी समितिमा भएको यो निर्वाचनको परिणामले नेकपा एमालेमा उत्साह थपेको छ भने गठबन्धनलाइ जितपुरसिमरामा ठूलो धक्का लागेको छ ।

जनताको प्रत्यक्ष जीवनसंग जोडिएको पानी र त्यसको संचालनकालागि जिम्मेवार ब्यक्ति छनौटको प्रक्रियामा एमाले पक्षधर निर्वाचित भएकोमा एमाले उत्साहित भएको छ ।सीमराको यो निर्वाचनमा एमाले संग जनमोर्चाको सहकार्य रहेको थियो । आज सान्झ आयोजित बिजय जुलुस लाई नव निर्वाचित अध्यक्ष कासिम हुसेन र एमाले नेता मनोज पौडेलले सिमरा चोकमा सम्बोधन गर्दै मतदतालाइ धन्यवाद दिनु भएको थियो ।

२२ फाल्गुन २०७८, आईतवार २२:५८  मा प्रकाशित

Write your Comment