स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

४ चैत्र २०७८, शुक्रबार २०:१० प्रकाशित

काठमाडौं ४ चैत्र :
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको मिति तोकेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले वैशाख ११ र १२ गते विहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको मिति र समय तोक्ने निर्णय गरेको हो । मनोनयन गर्दा निर्वाचन अधिकृतको कार्यालयमा गर्न सकिने आयोगले जनाएको छ ।

मनोनयनको सूची सोही दिन साँझ ५ बजे हुनेछ । उम्मेदवारको विरोधमा वैशाख १३ गते उजुरी दिनका लािग समय तय भएको छ । १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।
यस्तै वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र १६ गते नाम फिर्ताको समय दिइएको छ । आयोगले १६ गते नै अन्तिम नामावली प्रकाशन गरी १७ गते चुनाव चिह्न दिने कार्यतालिका छ ।

आगामी वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन हुँदै ।                           

४ चैत्र २०७८, शुक्रबार २०:१०  मा प्रकाशित

Write your Comment