व्हिनको एघारौं राष्ट्रिय अधिवेशनबाट आनन्द थामी अध्यक्षमा निर्वाचित

५ चैत्र २०७८, शनिबार १४:१६ प्रकाशित

नेपाली ट्रेड युनियन आन्दोलनको उद्द्गम स्थल बिराटनगरमा पहिलो ट्रेड युनियन संघ समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) को एघारौं राष्ट्रिय अधिवेशन ऎतिहासिक सफलताका साथ सम्मन्न भएको छ !

देशका ५ प्रदेश २८ जिल्लामा संचालित २०५ उद्योगमा कृयासिल ट्रेड युनियनबाट ७२ जना महिला सहित २४५ जना प्रतिनिधि सहभागी रहेका थिए ! उक्त अधिवेशनले प्रस्तुत ४ वटा दस्तावेजहरु माथि ९ समुह छलफल गरिएको थियो !

समूह छलफलबाट आएका जिज्ञासा, सुझाव र टिप्पणीको प्रतिउत्तर अध्यक्ष आनन्द थामीले दिदै प्रस्तुत ४ वटै दस्तावेज अनुमोदन गर्दै ११ बुन्दे नीति तथा कार्यक्रम सहित १२ बुन्दे समसामयिक प्रस्ताव पारित गरेको छ !

संगठनको पारित बिधान अनुसार आगामी ४ वर्षका लागि अध्यक्ष आनन्द थामीको नेतृत्वमा २३ सदस्य केन्द्रीय कमिटी सर्वसम्मत ढंगबाट चयन गरिएको छ !

औद्योगिक नगरी बिराटनगरमा सम्पन्न समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) को एघारौं राष्ट्रिय अधिवेशनको समुदघाटन जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले एक भव्य समारोह बिच गर्नु भएको थियो भने निर्वाचित नेतृत्वलाई पद तथा गोपनियताको सपथ ग्रहण जिफन्टका महासचिव जनक चौधरी गराउनु भएको थियो !

५ चैत्र २०७८, शनिबार १४:१६  मा प्रकाशित

Write your Comment