कौशिक गोत्रिय रेग्मी बन्धु समाजको मधेश प्रदेश तथा बारा जिल्ला समिति गठन

१९ चैत्र २०७८, शनिबार १८:२७ प्रकाशित

बारा १९ चैत्र :
कौशिक गोत्रिय रेग्मी समाजको मधेश प्रदेश भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कौशिक गोत्रिय रेग्मी समाज मधेश प्रदेशको आयोजनामा बाराको सिमरा स्थित होटल ईनमा सम्पन्न भेलाले मधेश प्रदेश तथा बारा जिल्ला समिति समेत सर्वसम्मत चयन गरेको छ । शिव रेग्मीको अध्यक्षतामा गठित मधेश प्रदेश समितिको सचिवमा रमेश रेग्मी,कोषाध्यक्षमा बिनिता रेग्मी, सदस्यहरूमा बिनोद रेग्मी, दिपक रेग्मी, रामबाबु रेग्मी, बर्षा रेग्मी रहेका छन । यस्तै नवराज रेग्मीको अध्यक्षतामा गठित जिल्ला समितिको सचिवमा श्रीराम रेग्मी, कोषाध्यक्षमा सुदिप रेग्मी, सदस्यहरूमा गोविन्द रेग्मी, नारायण रेग्मी, ध्रुव रेग्मी , लक्ष्मण रेग्मी, सन्ध्या रेग्मी चयन भएका छन । लोक सेवा आयोगका अध्यक्ष तथा कौशिक गोत्रिय रेग्मी समाजका माननीय सल्लाहकार माधव प्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सो समिति चयन गरेको हो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले देशैभर छरिएर रहेका कौशिक गोत्रिय रेग्मी बन्धुनहरूलाई एकताबद्ध गर्नका लागि रेग्मी समाजको आवश्यकता रहेको बताउनुभयो । जहा बसेपनि रेग्मीहरूको उद्गम थलो बझाङको रेगम रहेकोले सो स्थानलाई रेग्मीहरूको पवित्र स्थलको रूपमा चिनाउन जरूरी रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा समाजका विष्णु प्रसाद रेग्मी, डाक्टर सुदर्शन रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । जेष्ठ रेग्मी बन्धु फटिक प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत मन्तव्य शिव रेग्मी तथा सन्चालन श्रीराम रेग्मीको रहेको थियो ।

१९ चैत्र २०७८, शनिबार १८:२७  मा प्रकाशित

Write your Comment