बारा १९ चैत्र :
नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले एमाले निर्वाचनमा एक्लै चुनाव लड्न सक्ने सामर्थ्य भएको पार्टी भएको बताउनुभएको छ । उहाँले जस्तोसुकै गठबन्धन बनाएर आएपनि एमालेलाई कसैले हराउन नसक्ने भन्दै एमाले विरुद्धको सबै घेराबन्दी जनताको साथ र सहयोगबाट बिफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ मा आयोजित कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताउनु भएको हो ।पुर्ब मन्त्री समेत रहेका मधेस प्रदेश प्रदेश सह- इन्चार्ज पौडेलले जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्र भएको ठोकुवा गर्नु भयो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु देबनारायण चौधरी,भुदेब चौधरी,एमाले बाराका नेता मनोज पौडेल वडा नम्बर ९ का अध्यक्ष प्रभुनाथ चौधरी, जिल्ला सदस्य अनिता चौधरी लगायतले बोल्नु भएको थियो । कार्यक्रम जादोलाल चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।