बारा२८ चैत्र :
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेस प्रदेशका सह-इन्चार्ज पुरुषोत्तम पौडेलले आसन्न स्थानिय तहको निर्बाचनमा नेकपा एमाले पहिलो दल हुने बताएका छन् । पुर्व मन्त्रि समेत रहेका पौडेलले अन्य दलले जति गठबन्धन गरे पनि नेकपा एमालेलाई हराउन नसक्ने बताए । नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटी द्वारा आयोजना गरिएको नगर स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पौडेलले टोल टोलमा एमाले, घर घरमा समर्थकको अभियान सहित सम्पुर्ण पार्टि संगठन तथा कमिटिहरुलाई निर्बाचनमा सक्रिय भएर लाग्न समेत निर्देशन दिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा मधेस बलबिर चौधरी, प्रदेश सह इन्चार्जहरु अच्युत मैनाली,ज्वाला साह, केन्द्रिय सदस्य सरस्वती देवी चौधरी ,प्रदेश सचिब कृष्ण पौडेल लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम नगर अध्यक्ष भोला अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।