बिपक्षीको बहुमत रहेकोले जितपुरसिमरामा एमालेलाइ काम गर्न दिएनन् -युवानेता पौडेल

२९ चैत्र २०७८, मंगलवार २१:२३ प्रकाशित

बारा २९ चैत्र :
नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ वडा कमिटिले आफ्नो क्षेत्र भित्र रहेको सम्झौता टोलमा टोल भेला सम्पन्न गरेको छ । सिमरा स्थित बन बाटिकामा भएको टोल भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका बाराका युबा नेता मनोज पौडेलले नेकपा एमालेले बाहेक जनताको समस्या समाधान गर्न अरु कुनै पार्टीले नसक्ने भएकोले एमालेलाई जिताउनुको बिकल्प नरहेको बताउनु भयो । वडा नं २ मा एमाले बलियो भएको र अबको निर्वाचनमा गठबन्धन भएपनी क्लिन स्विप गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका युबानेता पौडेलले जितपुरसिमरा उपमहानगरपालिकाका २४ वटा वडा मध्ये ७ वटा वडा,नगर प्रमुख र उपप्रमुख एमालेले जितेता पनि १७ वटा वडा अध्यक्ष काङ्ग्रेस,माओवादी र लोसपाले जितेर कार्यपालिकामा बिपक्षीको बहुमत रहेका कारण एमालेलाइ काम गर्न नदिएको स्पष्ट पार्नु भयो । उहाँ नगरको बिकाशका लागि बहुमत सहित एमालेलाइ जिताउन आग्रह समेत गर्नु भयो ।कार्यक्रममा वडा नं २ का उपसचिव श्रीराम रेग्मी, नलेन्द्र बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
वडा नं २ कमिटिका अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य धन बहादुर श्रेष्ठ,नगर सदस्य राम कार्की,बिष्णु सपकोटा, समाजसेबि कृष्ण रिमाल, वडा उपसचिव सुर्य पोडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन सचिव बिशाल घिमिरेको रहेको थियो । साथै टोल भेलाबाट ३१ सदस्यिय सम्झौता टोल कमिटि गठन समेत गरेको छ । लक्ष्मी लामा राईको अध्यक्षतामा गठित कमिटिको उपाध्यक्षमा सुजन बि.क.,सचिवमा चमेली ठकुरी, उपसचिमा सर्मिला लामा, शान्ति लामा लगायत रहेका छन् ।

२९ चैत्र २०७८, मंगलवार २१:२३  मा प्रकाशित

Write your Comment