नेकपा एमालेको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर प्रमुखका उमेदवार सरस्वती चौधरीले राजनैतिक ठेकेदारका दवाव कारण आफुले उपमहानगरमा जन अपेक्षाका काम गर्न नसकेको बताउनु भयो । नेकपा भएको बेला आफुहरुले शिक्षा, स्वास्थको बारेमा नयाँ कार्यक्रम ल्याइ रहदा केहि व्यक्तिले अवरोध गरेका कारण एमाले नेतृत्वको मेयर उप मेयरले काम गर्न असजिलो भएको स्पष्ट पार्नु भएको छ ।
उमेदवार चौधरिले नगरपालिकामा एमालेको बहुमत नभएको र एमालेको बिरुद्धमा बहुमत भएकाले आफुले वडा नम्बर ३ मा हालेको बजेट कार्यन्वयनमा समेत अवरोध गरेको बताउनु भयो ।जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को घरदैलो कार्यक्रमको सुभारम्भ गर्दै उहाँले आफुहरुले नगर कार्यपालिकाको बैठक बसाल्न लाग्दा कार्यपालिकामा आउने प्रस्तावलाई असफल पार्नका लागि माओवादीले अघिल्लो दिन नै बसेर योजना बनाउने गरेको स्मरण गराउदै अवको स्थानीय निर्वाचनमा सबै वडा सहित मेयर उपमेयरमा जिताउन आह्वान गर्नु भयो ।
कार्यक्रममा उप मेयरका उमेदवार भोला प्रसाद अधिकारी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा जीतपुरसिमरा उप महानगरपलिका निवार्चन परिचालन कमिटीका संयोजक मनोज पौडेल , वडा अध्यक्ष पदका उमेदवार तारा कार्की , वडा सदस्यका उमेदवार लगायत ठूलो संख्यामा कार्यकर्ताको उपस्थिति रहेको थियो ।