बारा २१ जेष्ठ :
बाराको टागियामा निर्माण हुने भनिएको दोस्रो अन्तराष्ट्रिय बिमानस्थल नबानाउन सर्बोच्च अदालतले गरेको फैसला बिरूद्ध बाराको जितपुरसिमरामा जनप्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । जितपुरसिमरा सार्वजनिक सरोकार समितिको आयोजनामा भएको बिरोध कार्यक्रम सिमरा चोकबाट सुरू भएर र्याली सहित बजार परिक्रमा गरी मुख्य चोकमा पुगेर कोणसभाम परिणत भयो । कोण सभामा बोल्दै सरोकार समितिका संयोजक मनोज पौडेलले सर्बोच्च अदालतको आदेश बिकास बिरोधि रहेको बताए । एमालेक नेता समेत रहेका पौडेलले मधेश प्रदेशकै महत्वपूर्ण राष्ट्रिय गौरबको आयोजना बन्न नदिन जारी भएको आदेश डलरे एनजियो बाट परिचालित रहेको समेत बताए । पौडेलले बाताबरणको नाममा बिकास रोकेर देश समृद्ध हुन नसक्ने जिकिर गरे । टागिया बस्तीलाई उचित व्यवस्थापन गरेर बिमानस्थल बनाउनुको कुनै बिकल्प समेत नरहेको बताए । कार्यक्रममा भबानिपुर जितपुर गाबिसका पुर्ब अध्यक्ष देव नारायण चौधरी, दिनेश्वर ठाकुर लगायत नेता तथा स्थानियको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रबिन्द्र खकुरेलले गरेका थिए ।