परवानीपुर गाउँपालिकाकाे बजेट ४३ करोड,सबैका सुझाव समेटिन्छ-अध्यक्ष पटेल

११ असार २०७९, शनिबार १७:४९ प्रकाशित

बारा १० असार :
बाराकाे परवानीपुर गाउँपालिकाको १० औं गाउँ सभा शुक्रबार परवानिपुरमा सम्पन्न भएको छ । परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयको सभाकक्षमा सम्पन्न सभामा आ.व. २०७९।०८० का लागि रु. ४३ करोड ५४ लाख २१ हजारको आय विवरण प्रस्तुत गरिएको थियाे ।

परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आय विवरण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले संघीय वित्तिय समानीकरण रु. १० करोड ९१ लाख, संघीय सशर्त अनुदान चालु तर्फ रु. ९ करोड २७ लाख, संघीय सशर्त अनुदान पुजिगत तर्फ रु. १ करोड २५ लाख, संघीय सरकार समपुरक अनुदान रु. ४० लाख, संघीय सरकार विशेष अनुदान रु. ९ करोड ८० लाख, प्रदेश वित्तिय सामानीकरण रु. ७६ लाख २७ हजार, प्रदेश समपुरक अनुदान रु. २० लाख, प्रदेश विशेष अनुदान रु. ३० लाख, संघीय राजस्व बांडफांड रु ६ करोड ४४ लाख ४२ हजार, प्रदेश राजस्व बांडफांड रु. २० लाख, आन्तरिक श्रोत अनुमानित रु. २ करोड, आ.व. २०७८।०७९ को नगद मौज्दात रु. २ करोड, प्राकृतिक श्रोतको रोयाल्टी रु. ५२ हजारको आर्थिक आय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद पटेलको सभापतित्वमा भएको सभाकाे उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री ज्वाला कुमारी साहले गरेकी थिइन । पुर्ब मन्त्री साहले गाउँपालिकाकाे नीति तथा कार्यक्रम र बजेट यहाँ को भूगोल सुहाउदो र जनचाहना अनुरुप रहेको वताइन ।
सबै पक्षलाइ सहयोग र सहकार्यका लागि आग्रह गरिन,उनलेअहिले देखि नै सबैले आ–आफ्नाे ठाउँबाट काम शुरु गरि हाल्नु पर्ने वताउदै राम्रो संग काम गर्न सक्ने पालिकालाई प्रदेश र संघीय सरकारबाट थप अनुदान आउन सक्ने भएकोले यसमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष पटेलले प्रस्तुत भएको बजेट नीति तथा कार्यक्रमहरु उत्कृष्ट रहेकोले यसलाई सफल पार्न सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले गाउँ सभाबाट आएका महत्वपूर्ण राय सुझावहरुलाई आत्मसाथ गर्दै अधि बडने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा परवानीपुर गाउँपालिककि उपाध्क्ष सुगान्धी देवी कनुईनी, नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य एवं संविधान सभा सदस्य नेजमा खातुन, मधेश प्रदेश कमिटि सदस्यहरु सोचन प्रसाद यादव,मोबिन आलम,लोसपाका जगत नारायण महतो, जसपाका संजु साह, नेकपा माओवादी केन्द्रका अजय पटेल,लालबहादुर पटेल,नेपाली कांग्रेसका लालबाबु यादव, नेकपा माओवादीका लालबहादुर पटेल लगायतकाे उपस्थिती रहेकाे थियो ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार राउतको संचालन गरेकाे सभामा शिक्षा अधिकृत विध्यानन्द प्रसाद यादवले स्वागत मन्तव्य राखेका थिए ।

११ असार २०७९, शनिबार १७:४९  मा प्रकाशित

Write your Comment