अपांग,ज्येष्ठ नागरिकलाइ निशुल्क उपचार गर्छौ -परवानिपुर अध्यक्ष कुर्मि

२१ असार २०७९, मंगलवार १२:४२ प्रकाशित

बारा २१ असार :
परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले आफना गाउँपालिकाका अपांग तथा ज्येष्ठ नागरिकका लागि निशुल्क उपचारको व्यवस्था गर्न लागेको बताउनुभएको छ ।कार्यक्रम श्रावण महिना देखि सुरु गरिने उहाको भनाइ छ ।
अध्यक्ष कुर्मिले स्वास्थ्य,शिक्षा र पूर्वाधारको क्षेत्रमा नमुना परवानिपुरलाइ नमुना पालिका बनाउन लागेको समेत बताउनुभयो । कामना खबर सँग कुराकानी गर्दै कुर्मीले पालिकाले रामपुरमा १५ शैयाको अस्पताल निर्माण गर्न लागेको र परवानीपुरको भोजभगत माविलाइ अङ्ग्रेजी माध्यम सहित नमुना विद्यालयको रूपमा अगाडि बढाउन लागेको समेत बताउनुभयो । उहाले गरिब बिध्यार्थिका लागि गाउपालिकाले आगामी आव देखि छात्रवृत्ति उपलब्ध गराउन लागेको समेत स्पष्ट पार्नु भयो ।
३ बर्ष भित्र सबै वडालाइ सडक सन्जालमा जोडने तयारी गरिएको जानकारी दिदै अध्यक्ष कुर्मिले कृषि र पशु पालनका लागि बिषेश कार्यक्रम ल्याउने तयारी भैरहेको स्पष्ट पार्नु भयो । गरिबीको रेखामुनी रहेकाआर्थिक अबस्था कमजोर पालिकाका नागरिकको लागि वडाको सिफारिसमा आवास निर्माण गर्ने गरि नीति तथा कार्यक्रम ल्याइएको कुर्मिको भनाइ छ ।https://fb.watch/e3TZ-44FDp/

२१ असार २०७९, मंगलवार १२:४२  मा प्रकाशित

Write your Comment