पर्सागढिको स्वास्थ्य र शिक्षा हाम्रो प्रमुख प्राथमिकता हो- नगर प्रमुख पाठक

२७ असार २०७९, सोमबार १२:४१ प्रकाशित

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर ७ सातौ नगरसभाले कार्यक्रम बनाएको बताउनुभएको छ । उहाँले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउन लागेको उल्लेख गर्दै पूर्वाधारको कामलाई पनि व्यवस्थित ढंगले सुचारु गर्न लागेको स्पष्ट पार्नुभयो । कामना खबरसँग कुराकानी गर्दै नगरप्रमुख पाठकले कृषिलाइ आधुनिकरण गर्दै पर्सागढि नगरपालिकालाई यस क्षेत्रको महत्वपूर्ण हबको रुपमा विकास गरिने समेत स्पष्ट पार्नुभयो । पूर्वाधारमा कालोपत्रेको काम सहित युवा तथा खेलकुद,बन तथा वातावरण र पर्यटनको कार्यक्रमलाई समेत अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो । नगरप्रमुख पाठकले नगरपालिकालाई सबै क्षेत्रमा अब्बल बनाउन सोचका साथ अगाडि बढेको स्पष्ट पार्नुभयो ।
२७ असार २०७९, सोमबार १२:४१  मा प्रकाशित

Write your Comment