जनकपुर २ श्रावण :
नेकपा एमालेको प्रादेशिक प्रशिक्षण मधेस प्रदेशको जनकपुरमा सुरु भएको छ ।
प्रशिक्षणको उद्घाटन पार्टिका उपाध्यक्ष सुरेन्द्र पाण्डेले गर्नु भएको छ ।
प्रशिक्षणमा कार्यकर्तालाइ आगामी चुनौतीलाई सामना गर्न तयार गर्ने र स्थानिय निर्वाचनको परिणाम विष्लेषण,यसको सन्देश र आगामी निर्वाचनको तयारीका बारेमा पनि प्रशिक्षण दिइने नेताहरुले जनाएका छन् ।
प्रशिक्षणमा वर्तमान राजनैतिक शक्ति सन्तुलन,पार्टीको सार्मथ्य विस्तार र नेकपा एमालेको भूमिका वृद्धिका विषयमा पार्टिका उपाध्यक्ष सुरेन्द्र पाण्डे,सचिब तथा मधेश प्रदेश इन्चार्ज रघुबिर महासेठले प्रशिक्षण दिनु हुनेछ भने स- इन्चार्जहरु प्रभु साह र पुरुषोत्तम पौडेलले पार्टी कार्यकर्तालाई प्रशिक्षित गरिरहनु भएकोछ ।
पार्टी र जनप्रतिनिधीको सम्बन्ध,समन्वय र स्थानीय तहबाटै समाजवादको आधार निर्माण गर्ने विषयमा पनि प्रशिक्षण दिइने कार्यक्रम छ । नेकपा एमाले मधेश प्रदेश अध्यक्ष रामवतार यादवको सभापतित्वमा भैरहेकोछ।