पर्साका दुई नगर प्रमुखले मुख्यमन्त्रीसंग राखे योजनासहित विकास निर्माणको प्रस्ताव

२ श्रावण २०७९, सोमबार २०:०५ प्रकाशित

पर्सा जिल्लाको दुई पालिकाका नगर प्रमुखले समग्र बिकासका लागि मधेस प्रदेशका मुख्यमन्त्रीसंग योजना सहित सहयोगको प्रस्ताव राखेका छन् ।
जिल्लाको पर्सागढी नगरपालिका र पोखरीया नगरपालिकाका प्रमुखले आज मुख्यमन्त्रीलाई भेटेर विकासको पक्षमा सहयोग गर्न आग्रह गरेका छन् ।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक र पोखरीया नगरपालिकाका प्रमुख प्रधुमन चौहान सहितको प्रतिनिधिमण्डलले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई भेटेर स्वास्थ्य,शिक्षा,पूर्वाधार लगायत पर्सागढी नगरपालिकाको समग्र विकासका विषयमा सहयोग गर्न आग्रह गरेको नगर प्रमुख गोकर्ण पाठकले जानकारी दिनुभयो ।
पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकाको बिकासका लागि मुख्यमन्त्री सग आग्रह गरिएको नगर प्रमुख प्रधुमन चौहानले बताउनुभयो । प्रतिनिधिमण्डलमा एमाले पर्साका इन्चार्ज प्रभु हजरा,सम्बिधान सभा का सदस्य बिचारी यादवलगायतको सहभागीता रहेको थियो ।

२ श्रावण २०७९, सोमबार २०:०५  मा प्रकाशित

Write your Comment