राहुल गान्धी प्रहरी नियन्त्रणमा

१० श्रावण २०७९, मंगलवार १४:३१ प्रकाशित

भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले राजधानी नयाँ दिल्लीबाट नियन्त्रणमा लिएको छ । कंग्रेस अध्यक्ष सोनिया गान्धीसँग ‘नेसनल हेराल्ड’ को विषयमा प्रवर्तन निर्देशनालय (ईडी) ले दोस्रो पटक सोधपुछ गरेको विरोधमा धर्नामा बसेका राहुललाई प्रहरीले हिरासतमा लिएको हो ।
अध्यक्ष सोनिया गान्धी स्थानीय समय अनुसार मंगलबार बिहान ११ बजे ईडीको कार्यालय पुगेकी थिइन् । ईडीले सोनियासँग लिएको बयानको विरोधमा कांग्रेसले जुलुसको आयोजना गरेको थियो‚ जसमा राहुल पनि संलग्न रहेका थिए ।
विरोधपछि राहुलसहित काङ्ग्रेसका कार्यकर्ताहरू दिल्लीको विजय चोकमा धर्नामा बसेका थिए । राहुललाई दिल्ली प्रहरीले सोही स्थानबाट हिरासतमा लिएको हो । पहिलो पटक सोनियासँग बयान लिँदा पनि कंग्रेसले विरोध प्रदर्शन गरेको थियो ।

१० श्रावण २०७९, मंगलवार १४:३१  मा प्रकाशित

Write your Comment